काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमितको हुनेको संख्या २२६०२६ जना पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३१४० जना संक्रमित निको भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या २०७९९८ पुगेको छ।
कोरोनाबाट नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दाबी छ।
पछिल्लो २४ घण्टामा ९२१० वटा नमूना पीसीआर परीक्षण गरिएको र यससँगै हालसम्म मुलुकमा कुल १६९०५०९ वटा नमूना पीसीआर परीक्षण गरिएको मन्त्रालयको दाबी छ। हाल क्वारेन्टिनमा ६६९ जना रहेका छन्।हाल मुलुकमा कोरोनाका सक्रिय संक्रमितको संख्या भने १६६३९ रहेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना संक्रमण पुष्टी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।