रौतहट ।। रौतहटमा भोली विद्युत आवद्ध हुने भएको छ । नेपाल विद्युत प्रधिकरणले एक सुचना प्रकाशन गर्दै रौतहटको गौर सव स्टेशनबाट सुचारु हुने सम्पुर्ण फिडर लाइन शनिबार अबरुद्ध हुने जानकार िदिएको छ । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रको ३३ के.भी. लाइन मर्मत सम्भार कार्य तथा ३३ क.भी. लाइन गरुडा झाझ पुल नजिक पोलको हाइट तथा तार तान्ने कार्य गर्नु पर्ने भन्दै गौर विवरण केन्द्रले सो क्षेत्रका विद्युत बिहान ९ बजेदेखि साझ ५ बजेसम्म बन्द रहने जनाएको छ । मर्मत तथा सम्भार कार्य उल्लेखित समयभन्दा अगावै सम्पन्न हुन गएमा अग्रिम विद्युत आपुर्ति हुने समेत नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।