रौतहट ।। रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झा माथि महिला अधिकारकर्मीहरु कड़ा रुपमा प्रस्तुत भएका छन ! पूर्व उद्योग मन्त्री समेत रहेका झा ले महिलालाइ उदहारण स्वरुप प्रस्तुत गर्दै दिएको अभद्र अभिव्यक्ति प्रति महिला अधिकारकर्मीहरु आक्रोशित भएका हुन !
नेकपा पार्टीबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक मनोनीत भएकी सांसद रेखा कुमारी झाले एउटा प्रेस विज्ञप्ति जारी गर्दै महिलाको चरित्र माथि गरेको नकारात्मक टिपण्णीको घोर निन्दा गर्दै जसपाका सांसद अनिल झाले सम्पूर्ण नेपाली महिला सित माफी माग्नु पर्ने मांग गरेकी छीन !
महिला सांसद झा ले जारी गरेको विज्ञप्तिमा भनिएको छ जसपाका सांसद झा ले आफ्नो पदीय मर्यादा विपरीत दिएको अभिव्यक्तिको घोर भत्सर्ना गर्दछु ! सार्वजानिक मंच प्रयोग गरी सम्पूर्ण नेपाली महिला दीदी बहिनीको चरित्र हत्या गरेको ,महिलाको स्मितालाई खुल्ला मंचबाट धज्जिया उडाएकोले सार्वजानिक रुपमा माग्नु पर्छ जिकिर गरिएको छ !
विज्ञप्तिमा जनताको मतबाट निर्वाचित भएका झा ले दायरा ,क्षेत्र भन्दा बाहिर गएर दिएको अभिव्यक्ति असभ्य ,आपत्तिजनक रहेकोले उक्त शव्द प्रति संगठित रुपमा महिलाहरुले प्रतिकार गर्ने चेतावनी समेत दिएको छ ! स्थानीय जनप्रतिनिधि प्रति गरेको टिपणीले सम्पूर्ण स्थानीय प्रमुख ,उपप्रमुख समेटको मान मर्दनमा ठूलो चोट पुगेकोले प्रयोग गरेको शव्द तुरन्त फिर्ता लीन आग्रह गरिएको छ !
स्मरणहोस कार्तिक ११ गतेका दिन रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै सांसद झाले स्थानीय तहका प्रमुख प्रति आक्रोश हुदै नगरपालिका र गाउँपालिका को खातामा आउने रकम मेयरको बाउ को नभएको टिपण्णी गर्दै संघीय सांसद बैदेशिक रोजगार रहेको तथा मेयर पठाएको रकम भ्रहमलुट मच्चाउने गरेको संकेत गर्दै बैदेशिक रोजगारमा गएकाले कमाएर पठाएको रकम श्रीमतीले फ़िल्म हेर्दा हेर्दै सकाएर अरु संग भाग्ने उदाहरण दिएका थिए !
स्थानीय नगरप्रमुखले कोरोना महामारीमा सांसदहरुले कुनै कार्य नगरेको भनी गरेको आलोचनाले शव्द चयन गर्न चूक गरेका सांसद अनिल झा ले बैदेशिक रोजगारमा गएकाहरुको श्रीमती पतीले कमाएको पैसा सकाएर पर पुरुष संग पोइल जाने गरेको समाजमा कतिपय उदहारण देखिएको अभिव्यक्ति दिएपछि महिलाहरु आक्रोशित भएका हुन !
महिलाको चरित्र संग जोडिएर प्रस्तुत गरिएको उदहारणले महिलाको अस्मिता माथि धक्का पुगेपनि रौतहट लगायत तराई जिल्ला तथा जनता समाजवादी पार्टी संग आवद्ध भएका महिलाहरु चुप लागर बसेका छन ! पार्टी भन्दा मान प्रतिष्ठा ठूलो नरहेको महिला नेत्री ,अधिकारकर्मीहरुको मौनताले पुस्टि गरिरहेको छ !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here