रौतहट ।। रौतहट जिल्लाका ईशनाथ नगरपालिका पीड़ित किसानहरु स्थानीय सरकारको विरुद्ध आन्दोलनमा जाने घोषणा गरेका छन ! ईशनाथ नगरपालिका वड़ा नम्बर ३ मा बाढ़ी पीड़ित किसानहरुले गठन गरेको किसान आन्दोलन संघर्ष समितिले पत्रकार सम्मलेन गरी किसानहरुको भएको धानबाली छत्तीको राहतदिनु पर्ने मांग राख्दै बुझाइएको ज्ञापन पत्रको स्थानीय सरकार प्रमुख संतोष मेहताले बस्ता नगरेको भन्दै किसानहरुले पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजानिक गरेका हुन !
पत्रकार सम्मलेनमा सम्वोधन गर्दै निलाप झाले गएको असोजको पहिलो सत्तामा परेको अविरल बर्षा पछि आएका बाढीले स्थानीय वड़ा नम्बर १,२,३,र ९ का करीव तीन हजार विघामा रहेको धानवाली पूर्ण रुपमा नस्ट भएपनि नगर प्रमुखले किसानको पीड़ा नबुझेकोले बाध्य भएर आन्दोलनमा जानु परेको बताएका छन !
मिहनत गरी खेतमा लगाएको बाली गर्भा अवस्थामा लालबकैया नदी तथा भकुवा खोलामा आएको बाढ़ीले स्थानीय औरैया ,बंजरहा , डुमरिया का किसानहरुको नस्ट भएको जानकारी गराउदा पनि नगरप्रमुख मेहताले कुनै चासो नलिएको आरोप लगाए ! नगरपालिकामा किसानहरुको लागि आउने विभिन्न किसिमका अनुदान समेत मेयर मेहताले आज सम्म कृषिमा आधारित किसानलाइ उपलब्ध नगरेको गुनासो पीड़ित किसानहरुले पत्रकार समक्ष पोखे !
राहत क्षति पूर्ति दिनुपर्ने मांग राख्दै आएका किसानहरुले पहिलो चरणमा मोटरसाइकल रैली आयोजना गरी किसानहरुलाई जनचेतना फैलाउने , नगरपालिकामा शांतिपूर्ण धरना दिने कार्यक्रम सार्वजानिक गरेका छन ! यसबाट नगर प्रमुख केहि गरेन भने नगरपालिकाको मुख्य गेटमा आमरण अनसनको शुभारम्भ गर्ने घोषणा समेत गरेका छन !
स्थानीय ललिता देवीले नगर प्रमुख मेहता कृषिमा लगानी नगरेको र बाढ़ीबाट भएको क्षतिको प्रति गम्भीर समेत नभएको आरोप लगाए !स्थानीय वड़ा नम्बर ३ का राधेश्याम साहले किसानको लागि नेपाल सरकारले प्रत्येक वर्ष अनुदान दिन रकम उपलब्ध गए पनि मेयरले सो किसानको लागि आएको सुविधाको पनि अनियमिता गरेको आरोप लगाए !
संपन्न परिवारको जग्गा भएको कारन जोट आवाद गर्दै आएका किसानलाइ किन राहत दिनु पर्ने भन्दै आएको किसानहरुको भनाइ रहेको छ ! स्थानीय जामदार यादवले नेपाल कृषि प्रधान देश भएको भएपनि सवै भन्दा पीड़ित श्रम गर्ने किसान नै रहेको उल्लेख गर्दै मेयरको रवैया किसानको विपरीत रहेको ठहर गरे ! ९० प्रतिशत किसान कृषिमा आधारित रहेको भन्दै यादवले बर्सेनी किसान बाढ़ीको कारण क्षति बेहोर्नु परेको बाध्यता रहेको जिकिर गरे !
स्थानीय दिलबहादुर मंडलले लगाएको बाली नस्ट भएकोले पीड़ामा परेको दुखेसो पोख्दै क्षतिपूर्ति दिनु पर्ने मांग समेत गरे ! बाढ़ीको समस्या समाधान गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने भन्दै पीड़ित किसान मंडलले नगरपालिकाका मेयर भ्रस्टाचारमा लगाएको आरोप लगाए ! पत्रकार सम्मलेनमा सहभागी भएका महिला पुरुष किसान परिवारहरुले मेयरको कार्य प्रति तीव्र असन्तुस्टि प्रकट गर्दै मांग पूरा नहुन्जेल सम्म निरंतर रुपमा संघर्ष गर्ने सामूहिक प्रतिवद्धता जनाएका हुन !

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here