रौतहट ।। विश्व हिन्दू परिसद नेपाल र विश्व हिन्दू महासंघले ओमकारहरु एक होउ भन्दै रौतहटको अलग अलग ठाउमाँ आइतवार प्रदर्शन गरेको छ ।
काठमाण्डौको ललितपुरमा रातो मछिन्द्र नाथको रथ यात्राको क्रममा प्रहरी द्वारा गरिएको दमन तथा पुजारी हत्याकांडमा भएको विभेद र गरुडा आन्दोलनको समर्थनमा हिन्दूवादी संघ सस्थाले प्रदर्सन गरेका हुन ।
विश्व हिन्दू परिसद नेपालका जिल्ला संयोजक ओमप्रकाश साह मधेशियाको नेतृत्वमा सदरमुकाम गौरमा तथा विश्व हिन्दू महासंघ रौतहटका संयोजक त्रिभुवन ओझाको नेतृत्वमा यमुनामाई गाउँपालिकाको भेडि़याहिमा आन्दोलनको समर्थनमा नेपाल सरकार विरुद्ध प्रदर्शन गरिएको हो ।
रौतहटको गरुडामा प्रहरी हिरासतमा प्रहरीको चरम यातनाको कारण मृत्यु भएका विजय रामको दोषीलाइ कार्यवाहीको मांग गर्दै जारी रहेको आन्दोलन प्रति एकवद्धता जनाउँदै विरोध प्रदर्शन गरिएको विश्व हिन्दू परिषद् नेपालका जिल्ला संयोजक ओमप्रकाश साह मधेशियाले बताए ।
सनातन धर्म प्रतिको हस्तक्षेप बन्द गर , पुजारी श्रीराम साहको हत्यारालाइ कार्यवाही गर , विजय रामको हत्यमा संलग्न प्रहरीलाइ कÞानूनी दायरामा ल्याउ ,हामी नेपाली राष्ट्रको प्यारो माया लगायतका नारा लेखिएको प्लेकार्ड सहित हिन्दू परिषद् र महासंघका समर्थकहरुले सरकारको रबैया प्रति आक्रोश जनाउँदै प्रदर्शन गरेको छ ।
नेपालमा पछिलो समय देखि लगातार रुपमा हिन्दू धर्म र धर्मवाली प्रति भैरहेको हत्या हिंसा प्रति सरकार निरीह रहेकोले रौतहटमा भएको पुजारी साहको हत्याको निष्पक्ष रुपमा छानविन गर्न जोड़दार रुपमा मांग गरेको महासंघका जिल्ला अध्यक्ष ओझाले वताए । सनातन धर्म प्रतिको आक्रमण असह्य भएको भन्दै हिन्दू धर्मको रक्षा गर्नु पर्ने समेत नेपाल सरकार सित मांग गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

Leave a Reply