रौतहट ।। नेपाली कांग्रेस रौतहटका युवा एवं जुझारू नेता नितेश कुमार गुप्ताले नेकपाको सरकार पूर्ण रुपमा असफल र भ्रस्टाचारमा चुर्लुम्म भएको आरोप लगाएका छन ।
आइतवार रौतहट जिल्लाको सदरमुकाम गौर स्थित रिपोर्टर्स क्लव नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै युवा नेता गुप्ताले संघीय सरकार मुलुकमा भैरहेको हत्या हिसां बलात्कार, भ्रष्टाचार रोक्न असफल भएको टिप्पणी समेत गरे । गुप्ताले भने देश कोरोनाको कहरबाट गुज्रिरहेका छन सतापक्ष लुटमा मस्त रहेका छन । कोरोनाको प्रकोपवाट आम नेपाली जनता पिडित रहेको अवस्थामा केन्द्र सरकार , प्रदेश सरकार र स्थानिय सरकार जनताको समस्या बुझन नसकेको गुनासो गरे ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नं.२ खेसरहियामा रहेको हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यामा सतापक्षको एक स्थानिय नेताले घटनामा संलग्न रहेका दोषीलाई जोगाउन र निर्दोषलाइ झसाउने सडयन्त्र गरि रहेकोले दोषीलाई कानुनी दयारामा ल्याउन घटनाको सिबीआइवाट छानविन गराउनु पर्ने नेपाल सरकार सित माग समेत गरे ।
लेकतान्त्रिक अपाग संघ रौतहटका जिल्ला अध्यक्ष समेत रहेका गुप्ताले कोरोनाको बहानामा गरिएको अनियमिताको छानवीन समेत गरिनु पर्ने धारणा राखे । लोकतन्त्रमा जनता सर्वोपरि हुने भएकोले बेरोजगार युवालाई रोजगारी तथा गरिव निमुख्खा जनतालाई अविलम्ब राहतको व्यवस्था गर्नु पर्ने नेपाल सरकारको ध्यानाकार्षण गराउने भयो ।
विगत केही दिन देखि रौतहटमा उतपन्न भएको असहज परिस्थतिको जिम्मेवार संघिय सरकार नै भएको भन्दै सरकारको कडा आलोचना गर्दै शान्ति सुरक्षाको प्रत्याभुति गराउन समेत माग गरे ।
रौतहट जिल्लामा नया आउनु भएका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको कार्य शैली आम नागरीकको हितमा रहेको देखेर षडयन्त्रकारी शक्तिले असफल बनाउने गरेको षडयन्त्र कुनै पनि हालतमा सफल नहुने दावी समेत गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here