एजेन्सी ।। बलिउड अभिनेत्री कंगना रनौतलाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ । यसमा अभिनेत्री कंगनाले केन्द्रीय गृहमन्त्री अमित शाहलाई धन्यवाद दिदै भारतकी छोरीको मान बढाउने काम गरेको भन्दै प्रसंशा गरेकी छिन् ।

केही दिनयता र शिवसेनाका नेता राउत र कंगनाबीच वाक् युद्ध जारी छ। सञ्जयले कंगनालाई मुम्बई नआउन चेतावनी दिएका छन् भने त्यसलाई अस्वीकार गर्दै कंगनाले आफू मुम्बई आउने चुनौती दिएकी छिन्।
कंगनाको सुरक्षालाई मध्यनजर गरी उनको सुरक्षामा ११ जवान तैनाथ गरिएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ। यसमा दुई जना कमान्डोसमेत हुनेछन्।
यो सुरक्षा उनी मुम्बई पुगेसँगै उपलब्ध हुनेछ। कंगना ९ सेप्टेम्बरमा त्यहाँ पुग्ने बताइएको छ। अहिले उनी हिमाञ्चलमा छिन्।
कंगनाले अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि बलिवुडमा नातावाद र कृपावाद भएको खुल्ला रुपमा आरोप लगाउदै सुशान्तको आत्महत्या नभएर हत्या भएको बताउदै आएकी छन् । उनले यसमा मुम्बई प्रहरी र शिवसेना नेतृत्वको महाराष्ट्र सरकारले समेतलाई निशाना बनाउदै आएकी छन् ।












