एजेन्सी ।। कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा अमेरिकापछि सबैभन्दा बढी कोरोना संक्रमित भारतमा देखिएको छ । ब्राजिलमा भन्दा पनि संक्रमितको संख्या धेरै भएपछि भारत विश्वमै दोस्रो कोरोनापीडित देश बनेको हो ।
आज सोमबार बिहान सवा ९ बजेसम्म वर्ल्डओमिटरको तथ्यांकअनुसार अमेरिकामा संसारमै सबैभन्दा बढी ६४ लाख ६० हजार २ सय ५० जनालाई कोरोना संक्रमण भएको छ ।
दोस्रोमा भारतमा संक्रमितको संख्या ४२ लाख ४ हजार ६ सय १४ छ । यसपछि ब्राजिलमा ४१ लख ३७ हजार ६ सय ६ जनालाई कोरोना संक्रमण भइसकेको छ ।
कोरोना संक्रमणका कारण भएको मृत्युको संख्या भने अहिलेसम्म भारतमा भन्दा बढी ब्राजिलमा देखिएको छ ।
वर्ल्डओमिटरका अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १ लाख २६ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ भने भारतमा मृतकको संख्या ७१ हजार ६ सय ४२ छ । विश्वमै सबैभन्दा बढी मृत्यु चाहिँ अमेरिकामा भएको छ ।
कोरोनाबाट प्रभावित मुलुकको सूचीमा भारत दोस्रो स्थानमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।