एजेन्सी ।। बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार बिहान मात्र बलिउड नायक अर्जुन कपुरले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका थिए । उनले, कोरोना संक्रमण देखिएपछि आफू होम क्वारेन्टाइनमा बसेको पनि बताएका थिए । उनलाई कोरोना देखिएपछि मलाइकाले पनि परीक्षण गराएकी थिइन्। उनको रिपोर्ट पोजिटिभ आएको हो।
मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । रियालिटी शो ‘इन्डियाज बेष्ट डान्सर’का निर्माता रंजित शर्माले भारतीय मिडियासँग कुरा गर्दै मलाइकालाई कोरोना पुष्टी भएको बताएका छन् । उनले, मलाइकालाई कोरोना देखिएपछि वुधबारसम्मलाई शोको छायांकन रोकेका पनि बताएका छन् । यो शोको मेकरले अब अन्य २ निर्णायकलाई राखेर शोको छायांकन गर्ने तयारी गरेको छ ।
सोसल मिडियामा समर्थकहरूले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन्।बेला(बेला सोसल मिडियामा उनी चर्चामा आउने गरेकी छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here