एजेन्सी ।। बलिउड अभिनेता सुशान्त सिंश राजपुतको मृत्युपश्चात बलिउडदेखि भारतीय सञ्चार माध्यमसम्म बहस भइरहेको छ। उनको निधनपछि विभिन्न व्यक्तिहरुमाथि छानविन पनि भैरहेको छ । अहिले, मिडिया र प्रहरीको निशानामा सुशान्तकी प्रेमिका रिया चक्रवर्ती परेकी छिन् ।
आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाका क्यामेराले घेरेका थिए । मिडियाकर्मीले न त सामाजिक दुरीको नै ख्याल राखे न त रियाको मौलिक हकको सम्मान नै गरे । उनलाई प्रहरीले सुरक्षा दिएर एनसीबीको अफिस भित्र पुर्याएको थियो ।
मिडियाकर्मीसँग रियाको धक्कामुक्की भयो । यो भिडियो सार्वजनिक भएपछि बलिउडका कलाकारले आक्रोश पोखेका छन् ।
बलिउडका चर्चित कलाकार प्रेस रावलले लेखेका छन् मिडिया हुन कि भेडिया ?

तयस्तै विभिन्न कलाकारहरुले आफनो प्रतिक्रियाहरु समाजिक सञ्जाल मार्फत आक्रोश पोखेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।