रौतहट।। विद्युतिय तार चुडिएर करेन्ट लाग्दा विहिवार विहानै चिया खान पसलमा निस्किएका रौतहटको गौरमा एक वृद्धा महिलाको छ भने दुई वटा पशु चौपायाको मरेका छन् ।
गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गौर नपा वडा नम्वर ४ स्थित कविर चोक नजिक आज विहान चिया खान घरबाट पसलमा जाँदै गर्दा स्थानीय ७० बर्षिया शान्ति देवी पाण्डे चुडिएको तारमा बाटो काट्ने क्रममा टाँसिदा करेन्ट लागेर गम्भीर घाईते भएको हुँदा तत्कालै स्थानीयहरुद्धारा अस्पतालमा लगिदा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएका हुन् ।
चुडिएको तारमा करेन्ट प्रवाह भईरहदा दुई वटा साँढे पनि टाँसिएर मरेको जिल्ला प्रहरी कार्यालय गौरका एसपी रविराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा प्रहरी अति नै गम्भीर भएर आवश्यक अनुसन्धान गरिरहेको उनले भने ।
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसे पछि स्थानियले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढा स्थित सबस्टेशनमा फोन गरेर जानकारी दिन खोजे पनि फोन नउठेको गुनासो गरे । सयौ पटक पनि फोन गर्दा दुवै स्थानको फोन कसैले नउठाउदा महिलाको ज्यान गएको स्थानियहरुको आरोप छ ।
समयमै फोन गरे पनि जवाफदेहिता निर्वाह गर्ने कार्यालयका कर्मचारीले फोन नउठाएको कारण दुखद घटना भएको भन्दै स्थानीय आक्रोशित पोख्दै मृत्क परिवारलाई क्षती पुर्तीको लागि स्थानीयले माग गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गौरका निमित्त प्रमुख विनोद सिंहले ट्रान्सफरमरबाट निस्कने ४०० वाटको तार मध्ये न्यूट्रल तार एक्कासी चुडिएको र त्यसमा रिटर्निंग विद्युतिय प्रवाह भएको कारण वृद्धा महिला र दुई वटा चौपायाको दुखद निधन भएको बताए ।
स्थानीयहरुद्धारा लगाइएको आरोप सरासर निराधार भएको गौर नगरपालिकाको मेयरले फोन गर्ने वित्तिकै विद्युत सपलाई अवरुद्ध गरिएको जानकारी दिए । मृतक महिलालाई क्षतिपुर्तीका लागि आवश्यक रुपमा लेखापढी भईरहेको र त्यसलाई प्राधिकरणको माथिल्लो निकायमा पठाउने निमित्त प्रमुख सिंहले स्पष्ट पारे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here