एजेन्सी ।। बाहुबली निर्देशक एसएस राजमौलीसहित उनको परिवारलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ।
राजामौलीले ट्वीट गर्दै आफूसहित परिवारलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। राजमौलीका अनुसार, उनी र उनको परिवारलाई केही दिनदेखि हल्का ज्वरो आएको थियो । परीक्षण गराउँदा आफू र परिवारका सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको ट्वीटमा उल्लेख गरेका छन्।
‘म र मेरो परिवारलाई केही दिनदेखि ज्वरो थियो । विस्तारै ज्वरो ठीक हुँदै थियो, तर हामीले कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भयोु, उनले ट्वीटमा लेखेका छन्। कोरोनाको लक्षण देखिएपछि चिकित्सकसँगको सल्लाह अनुसार उनी हाल घरमै क्वारेन्टिनमा बसेका छन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।