रौतहट ।। वर्षो देखि जिर्ण भवनमा निरंतरण नागरिकको सुरक्षामा गरि रहेको सुकदेव चौकको प्रहरी चौकीको सिलान्यास संगै व्यवस्थीत चौकी बन्ने पक्का भएको छ । आज रौतहट जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने प्रहरी चौकीको भवनको लागि सिलान्यास गरिएको प्रहरी चौकी सुकदेव चौकले जनाएको हो ।
हिन्दु परम्परा अनुसार पंडित द्धारा मन्त्रोउच्चारण गराई रौतहट प्रहरी प्रमुख एसपि रविराज खडकाले आज विहिवार एक कार्यक्रमका बिच उक्त प्रहरी चौकीको सिलान्यास गरे ।
करिब ९४ लाखको लागतमा निमार्ण हुन लागेको नयाँ भवनको लागि विभिन्न तिन वटा पालिकाहरुले सहयोग गरेका छन् । माधवनारायण नपाले १५ लाख,देवाही गोनाही नपाले १० लाख,परोहा नपाले ५ लाख र बाँकि यमुनामाइ गाउँपालिकाले भवन निमार्णमा लाग्ने खर्च व्यवहोर्ने भएको हो ।
कार्यक्रम यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाको अध्यक्षतामा भएको थियो भन्ने प्रमु्ख अतिथ्य माधवनरायण नपाका नगरप्रमुख विरेन्द्र यादवको रहेको थियो ।
कार्यक्रममा माधनारायण नगरपालिकाका उपप्रमुख सिमल कुमारी साह, वडाध्यक्ष राजकुमार यादव, यमुनामाई गापा. वार्ड नं. १ का वडा अध्यक्ष नन्दलाल यादव लगतया दर्जानो व्यक्तहरुको उपस्थिती रहेको थियो । सोही अवसमा नेपाली काँग्रेस रौतहटका युवा नेता नितिश कुमार गुप्ताले चौकी निर्माणका लागि २१ हजार नगद सहयोग गर्ने घोषणा गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here