काठमाडौं ।। नेपालमा बिहिवार पछिल्लो २४ घण्टामा काठमाडौं उपतयकामा४५ जना सहित कुल २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय २७ जना डिस्चार्ज भएको बताए। यससँगै डिस्चार्ज हुनेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ।
नेपालमा कोरोनाको कारण थप ३ जनाको मृत्यु भएको छ ।यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५२ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार बिहीबार ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर १३ हजार २ सय १ जना क्वारेन्टिनमा रहेका छन्।
बिहीबारसम्म देशभर ५ हजार २ सय २७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिए
बिहीबार काठमाडौं उपत्यकाका तीन जिल्लामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम अनुसार काठमाडौंमा ४१ भक्तपुरमा २ र ललितपुरमा २ जना गरी ४५ जनामा संयक्रमण देखिएको हो।
बिहीबार थपिएका ४५ जनासहित उपत्यकामा संक्रमितको संख्या ५३६ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here