काठमाडाैं ।। नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने विभागले जनाएको हो । विभागले प्रदेश–एक, प्रदेश–दुइ, बागमती, गण्डकी, प्रदेश पाँच र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको विभागका महानिर्देशक सरजु वैद्यले सीआइएनसँग बताउनुभयो । न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले पूर्वी पहाडी क्षेत्रमा अत्याधिक वर्षाको सम्भावना रहेको महानिर्देशक वैद्यले बताउनुभयो । विभागका अनुसार साउन नौ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम घट्दै जानेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here