मुम्बई ।। दक्षिण भारतीय अभिनेत्री सामंथा रुथ प्रभु हालै आफ्नो व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । नागा चैतन्यसँगको सम्बन्धविच्छेदपछि, सामंथा मायोसाइटिस नामक रोगसँग जुधिरहेकी थिइन्, जसका कारण उनले लामो समयसम्म कामबाट विश्राम लिएकी थिइन् । केही समयअघि, उनका पूर्व-पति नागा चैतन्यले शोभिता धुलिपालासँग दोस्रो विवाह गरेका थिए ।
अहिले सामंथा फिल्म निर्माता राज निदिमोरूसँगको सम्बन्धका कारण चर्चामा छिन् । राज, प्रसिद्ध निर्देशक जोडी राज ७ डीकेका सदस्य हुन्। सामंथा र राजले’द फैमिली म्यान’ र’सिटाडेलस् हनी बनी’ जस्ता प्रोजेक्टमा सँगै काम गरेका छन् । साथै, उनीहरू पिकलबल टिम’चेन्नई सुपर च्याम्प्स’ का सह-स्वामी पनि हुन् ।
हालै, सामंथा र राजको केही तस्बिरहरू सामाजिक सञ्जालमा साझा गरिएको छ, जसमा राज सामंथाको कुकुरसँग पोज दिइरहेका छन्। यी तस्बिरहरू मे ९ मा रिलिज हुन लागेको सामंथाको पहिलो लगानी रहेको फिल्म’शुभम’ को प्रचारक्रममा शेयर गरिएको हो । तस्बिरहरूसँगै सामंथाले लेखेकी छिन्-‘यो लामो यात्रा थियो, तर हामी यहाँ आइपुग्यौं । नयाँ सुरुवात ।’ यद्यपि, राज पहिले नै विवाहित छन् र एक छोरीका पिता पनि हुन् ।
यी निर्देशकसँग डेट गर्दैछिन् सामन्था
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।