काठमाडौँ ।। भारत र पाकिस्तानबीच युद्धविरामको घोषणा भएको छ । भारतका विदेश सचिव विक्रम मिसरीले दुवै देश युद्धविरामका लागि तयार भएको जानकारी गराएका छन् । जमिन, आकाश र समुद्रमा शनिबार साँझ ५ बजेदेखि युद्धविराम भएको उनले बताए ।
भारत सरकारले युद्धविरामको आधिकारिक जानकारी गराउनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्ण र तत्काल युद्धविरामका लागि भारत र पाकिस्तान तयार भएको जानकारी गराएका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकाको मध्यस्थतामा दुवै देश युद्धविरामका लागि तयार भएको बताएका थिए। साथै उनले युद्धविरामका लागि सहमत भएकोमा दुवै देशलाई धन्यवादसमेत दिए ।
भारतको जम्मु–कश्मिरको पहलगाममा गत अप्रिल २२ मा आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ जना मारिएका थिए ।
उक्त आक्रमणको जवाफमा भारतले मंगलबार राति पाकिस्तानमा सैन्य आक्रमण गरेको थियो । त्यसको जवाफमा पाकिस्तानले पनि आक्रमण सुरु गरेपछि दुवै देशबीच तनाव बढेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here