काठमाडाैं । भारतले आक्रमण सुरू गरेसँगै पाकिस्तानमा त्रासको वातावरण बनेकाे छ । पाकिस्तानलाई डर छ कि भारतले कुनै ठूलाे आक्रमण गर्न सक्छ।
यसैबीच, पीएमएलएन (पाकिस्तान मुस्लिम लीग-एन) का सांसद ताहिर इकबाल पाकिस्तानको राष्ट्रिय सभामा राेएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनेकाे भिडियाेअनुसार ‘अल्लाहले हाम्रो रक्षा गरून्…’भन्दै उनी राेएका हुन् ।
पीएमएलएन पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफको पार्टी हो।
पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या भएकाे घटनालाई लिएर भारतले बुधबारदेखि ‘अपरेशन सिन्दूर’ नाममा पाकिस्तानमाथि आक्रमण सुरू गरेकाे थियाे । बिहीबार पनि भारतले ठूलाे स्तरमा सैन्य कारबाही गरेकाे छ । एजेन्सीबाट

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here