काठमाडाै ।। भारत प्रशासित कस्मिरमा पाकिस्तानले गरेको गोलाबारीमा १० जनाको मृत्यु भएको नयाँ दिल्लीले जनाएको छ। अन्य ३२ जना घाइते भएका छन्।
पहलगाम हमलाको जवाफ भन्दै गतराति भारतले पाकिस्तानमा अप्रेसन सिन्दूर नामक सैन्य कारबाही गरेको थियो। जसमा २६ जनाको ज्यान गएको भारतीय सेनाका प्रवक्ताले बताएका छन् ।
मारिनेमा आतंकवादी मसुद अजहरको परिवारका १० सदस्य पनि छन्। थप ४६ जना घाइते भएको पाकिस्तानको भनाइ छ।
भारतको सो हमलापछि पाकिस्तानी सेनाले सीमा क्षेत्रमा गोलाबारी सुरु गरेको थियो। जसका कारण दुई देशबीच तनाव चुलिएको छ ।
१९४७ मा दुई देशका रुपमा अस्तित्वमा आएयता यी दुई छिमेकीले आपसमा चारवटा युद्ध लडिसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।