काठमाडौं ।कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १८ हजार ९२१ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ८ लाख २ हजार ४९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।
प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५९ लाख ३८ हजार ९५४ जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४३ लाख ४४ हजार ९७४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९१२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।