काठमाडौं ।। लिम्पियाधुरासहितको नेपालको नक्सा निशान छापमा राख्ने संविधान संशोधन विधेयक आज बिहीबार राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा नेपालको नयाँ नक्शाको समर्थनमा राष्ट्रियसभामा ५७ वोट थिए र कसैले पनि विरोधमा मतदान गरेन। यसैले यो विधेयक राष्ट्रियसभाले सर्वसम्मतिले पारित गर्यो। राष्ट्रिय सभामा कूल ५९ सदस्य रहेकोमा रिक्त एक सिटमा मनोनित गर्न बाँकी छ भने सभाका अध्यक्षले मत बराबर भएको अवस्थामा मात्र मतदान गर्ने अभ्यास छ।
योसँगै संविधानको अनुसूची ३ मा रहेको निशान छापमा रहेको नेपालको नक्सालाई सरकारले हालै जारी गरेको नयाँ नक्सा दुवै सदनबाट पारित भएको छ । यसअघि प्रतिनिधि सभाले पनि सर्वसम्मतिले पारित गरेको थियो ।
सरकारले जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकबाट भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो । सोहिअनुसार जेठ ९ गते भूमिसुधार मन्त्री पद्मा अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिइन् ।
नक्शा राष्ट्रपतिलाई पठाइने छ
राष्ट्रियसभाबाट विधेयक पारित भएपछि यो विधेयक अब राष्ट्रपति विद्यादेवी भण्डारीको अनुमोदनका लागि पठाइनेछ र त्यसपछि यो संविधानमा समावेश हुनेछ। राष्ट्रपतिको स्वीकृति पछि, नयाँ नक्शा सबै आधिकारिक कागजातहरूमा प्रयोग हुनेछ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here