एजेन्सी ।। कोरोना भाइरस महामारीका कारण सर्वोच्च अदालतले २३ जूनमा आयोजना हुने ऐतिहासिक वार्षिक जगन्नाथ पुरी रथयात्रालाई प्रतिबन्ध लगाएको छ। बिहीबार उक्त मुद्दाको सुनुवाइका क्रममा चीफ जस्टिस एसए बोबडे, न्यायधीश दिनेश माहेश्वरी र न्यायमूर्ति एएस बोपन्नाको पीठले भन्यो कि जनताको हित र जनताको सुरक्षालाई ध्यानमा राख्दै यस वर्ष रथयात्राको अनुमति दिन सकिदैन।
चीफ जस्टिसले भने, यस वर्ष रथयात्रालाई अनुमति दियौं भने भगवान जगन्नाथले हामीलाई माफ गर्ने छैनन्। महामारीको क्रममा यति ठूलो जमघट नहुन सक्छ। पीठले ओडिशा सरकारलाई कोरोना भाइरसको फैलाउनबाट रोक्नको लागि राज्यको कुनै पनि ठाउँमा यात्रा, तीर्थयात्रा वा यससँग सम्बन्धित गतिविधिहरूलाई अनुमति नदिन पनि आग्रह गर्यो।
कोरोना भाइरस महामारीलाई ध्यानमा राख्दै उडिशा विकास परिषद नामको गैरसरकारी संस्थाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए र यो वर्ष रथयात्रा स्थगित भएको थियो। पुरीमा रथयात्रा हरेक वर्ष धुमधामका साथ आयोजना गरिन्छ। यो कार्यक्रमा १०(१२ दिनसम्मको कार्यक्रमहरू र विश्वभरिबाट लाखौं भक्तहरू यसमा भाग लिन्छन्।
ओडिशामा हालसम्म द्धघघड व्यक्ति कोरोनाबाट संक्रमित भइसकेका छन्। हालसम्म यहाँ ११ जनाले आफ्नो जीवन गुमाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here