रौतहटको सरदमुकाम गौर नजीकै रहेको एक गाँउको यो तस्विर हो ।

काठमाडाैं ।। मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबान हुने क्रम बढेको छ । आज पनि देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्ले सचेत हुन आग्रह गरेका छन् । यस्तै आज भारतको तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्यामसाइटमा ढोका खोल्ने भएकाले महामाली नदी आसपासका बासिन्दालाई पूर्व सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले सूचना जारी गर्दै सतर्क हुन अनुरोध गर्नुभएको हो । बाढी, पहिरो र डुबान हुन थालेसँगै विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here