काठमाडौं ।। नेपालमा विगत २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ जना पुगेको छ ।
स्वास्थय तथा जनसंखया मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा ७ हजार ६८७ जनामा गरिएको पिसिआर परीक्षणमा क्रममा २५९ जनामा कोरोना संक्रमण फेला परेको छ ।
मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार विगत २४ उपचार ६५ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म १५ हजार २६ जना उपचारपछि निको भइ डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ५८ जना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमति थपिए
काठमडौं उपत्यकामा विगत २४ घण्टामा ६२ जना नया कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४८, ललितपुर १ र भक्तपुर १३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।
काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ५४१, ललितपुरमा १०९ र भक्तपुरमा ७७ पुगेको छ। योसँगै उपत्यकामा कुल संक्रमितको संख्या ७२७ पुगेको छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here