जनकपुर ।। कोरोना सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारहरूले धमाधम लकडाउन अथवा निषेधाज्ञा लगाउन थालेका छन् । लकडाउन खुलेसँगै तीव्र रुपमा लक्षणसहित कोरोना भाइरसको सङ्क्रमण बढेपछि प्रदेश २ को ६ जिल्लासहित १३ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ठूला शहर, सदरमुकाम र अरु जिल्लामा स्थानीय तह वडासम्म पनि निषेधाज्ञा लगाइएको छ । प्रदेश २ अस्थायी राजधानी जनकपुर, पर्साको वीरगन्ज, बाराको कलैयालगायतका अधिकांश ठाउँ, महोत्तरीको जलेश्वर र सप्तरीको राजविराज लगायतका ठाउँमा निषेधाज्ञा लागू गरिएको छ । आज बिहान सर्लाहीमा पनि निषेधाज्ञा लगाइएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार हिजो मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, बारा र पर्सा, सर्लाहीमा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ । सङ्क्रमणको गति फैलन सक्ने भन्दै अन्य जिल्लाले समेत जिल्लाभित्र हुने गतिविधिमा नियन्त्रण गर्न स्थानीय प्रशासनलाई सक्रिय बनाएका छन् । हिजो मंगलबार साँझसम्म मात्रै देशभर कुल सङ्क्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here