जनकपुरधाम ।। देशैभर कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले प्रदेश २ मा लकडाउनलाई कडा गरेको वेला पास छदा छदै प्रदेश सांसदलाई गरिएको भेदभावपूर्ण व्यवहारले जनता समाजवादी पार्टीका नेताहरु आक्रोसीत बनेका छन् ।
प्रदेश नं. २ का सांसद एवम् प्रदेश मामिला समितिका सभापती समेत रहेको मा. अशोक यादव चढेको गाडीको पास छदा छदै, कोरोना रोक थामको लागि मुख्य मन्त्री कार्यालय बैठकमा जाने क्रममा प्रहरीले सवारी पासको झुठठो आरोप लगाउदै गाडी नियन्त्रणमा लिनु गैर जिम्मेवारी भएको भन्दै जसपाका नेता कार्यक्रर्ताहरु आक्रोसीत भएको हो ।
जसपाका नेता संजय यादवले, पास छदा छदै, प्रहरीले नसलियता को पराकाष्टा तथा दोहरो चरित्र देखाएको भन्दै, हाम्रा पार्टीका नेता अशोक यादवलाई प्रहरीले गरेको दुर व्यवहार पुलिस प्रशाशन को नस्लीय सोच लाई दरसाएका आरोप लगाए ।

यस्ता नस्लीय पुलिस प्रशासन द्वारा बारमबार मधेशी र मधेशी नेताहरु माथि गरिने दुव्र्यवहार र सोच यथासिघ्र त्यागी देशलाई अग्रगामी सोचमा अगाडी बढाउनमा सहयोग गर्नु, अन्यथा यस्को परिणाममा विनास पक्का निमत्याउने नेता संजय यादवले चेतावनी दिए ।
नेपा संजय यादवले, कानून सबका लागि बराबर भए पनि मधेशी बारमबार पुलिसको दोहरो चरित्रको कारण अपहेलित र अपमानीत हुदै आएको विगतका इतिहासमा हुने यस्ता घटनाहरुले प्रमाणित गर्दै आएकोले, कुरा एउटा माननीय भन्दा पनि नस्लीय पुलिस प्रशासन द्वारा बारमबार मधेशी माथि हुने दुव्र्यवहारको हो नेता संजय यादवले बताए ।
यसैबीच जनकपुरको भानुचोक नजिकबाट प्रहरीले प्रदेश सांसद अशोक यादवको गाडी बिनापास चलाएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here