काठमाडाैं ।। बिश्वब्यापीरूपमा फैलिएको कोरोना भाईरस अर्थात् कोभिड १९का कारण पूरा विश्वमा त्रास उतपन्न भएकाे छ ।अरू देश जस्तै नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेको हो। यसै बिच आज विहान रौतहटमा ८ र बारामा एक व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज बारामा एकजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै चारजना पत्रकारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।रौतहटको ईशनाथ नगरपालिका र माधवनारायण नगरपालिकामा नयाँ संक्रमित थपिएको हो। संक्रमित सबै भारतबाट अाएको हो।गत हप्ता संक्रमित सबैको स्वाब संकलन गरि काठमाडौं पठाईएको थियो।टेकु प्रयोगशाला काठमाडौंबाट संक्रमित सबैको स्वाब रिपोर्ट पोजेटिभ अाएको हो। ईशनाथ नगरपालिका वडा नंबर २,३,६, र ९ निवासी २१ बर्षीय,२१ बर्षीय,२३ बर्षीय,२५ बर्षीय,२५ बर्षीय, २९ बर्षीय र ३० बर्षीय पुरुष हुन्। त्यस्तै माधवनारायण ३ निवासी २८ बर्षीय पुरुष हुन्। संक्रमित सबै अहिले क्वारेन्टाइन मै रहेको बुझिएको हो। त्यस्तै बारा जिल्लाको करैयामाई ५ निवासी ३८ बर्षीय पुरुषको पनि स्वाब रिपोर्ट पोजेटिभ अाएको टेकु प्रयोगशालाले जनाएको हो।देशमा कर्णालीबाहेक सबै प्रदेशमा संक्रमित भेटिएका छन् । सबैभन्दा जोखिम प्रदेश २ र ५ देखिएको छ । २८ जिल्लामा कोभिड १९ भएकाहरु पत्ता लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । याे सँगै नेपालमा नयाँ संक्रमित संख्या ३०४ पुगेको हो।संक्रमितमध्ये ३६ जना नीको भई घर फर्किएका छन् । भने दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३०४ पुग्यो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।