रौतहट ।। मलाई भगवाश्री कृष्णाले भन्नु भएको एउटा कुरा, सृष्टीको संरचना गर्नु र मानवलाई जन्म दिनु मैले आफ्नो कर्म बुझेको छु तर मावनले सृष्टीलाई कुन हिसावले बढाउने भन्ने उसमाथी नै छोडेको छु ।
अहिले अवस्थामा मानव भन्नेका सृष्टीको रक्षक भन्दा भक्षकको रुपमा परिचित भएको देखिन्छ । कुनै युग नभएको लिला अहिल विश्व कोभीड —१९ कोरोना भाईरसबाट भोगनु परेको छ, तर मानवले यसमा पनि मानवता बुझेको देखिदैन । करोडौ रकम मानव कल्याणको लागि सरकारले दिएपनि स्थानिय कर्मचारी जनप्रतिनिधिहरु राहत दिनुको साटो आहत दिदैछ ।
कहि सडेको चामल कहि सडेको दाल, कहि १० किलो चालमको नाममा ७ किलो जस्ता क्रियाकलापले जनप्रतिनिधि र कर्मचारीको मानवता प्रतिको उदारता देखेर गौरका स्थानिय युवाहरुले लकडाउन भएपनि सडकमा रहेको कुकुरहरुको विचल्ली प्रति साहनुभुति जनाउदै उनिहरुलाई खाना खुवाई रहेका छन् । यस्ता क्रियाकलाप देखेर मानवहरुले, धेरै राम्रो काम हो भन्छ तर त्यस कार्यलाई सहयोग गर्ने आट कमैले गरेका छन् ।
उता जनप्रतिनिधि जसलाई आफ्नो अमुल्य भोट दिएर जिताएकाले धोखेवाजी र आफ्नो मौजमस्तिमा व्यस्त रहेको अवस्थामा विना भोटको कुकुरलाई सधै खाना खुवाउनु त्यस्ता मानवतालाई उच्च सम्मान गर्नु पर्छ ।
भागवत गितामा लेखिएको छ, सृष्टीको संरचना ८४ हजार जिव जन्तु मिलेर बनेको छ, जसमा मानवलाई सर्वश्रेष्ठ प्राणिको रुपमा स्थापीत गरिएको छ । त्यसैले जव जव सृष्टी (पृथ्वी) को अनुकुलतालाई प्रतिकुल गर्ने कोसीस गरिन्छ त्यस वेलाई मानव माथी संकट आउने गरिन्छ । त्यसैको फल स्वरुप अहिले कोरोना भाईरसले विश्व अक्रान्त बनेको अर्चायहरुको भनाई रहेको छ ।
यस्ता समयमा पृथ्वीलाई अनुकुल बनाउनु पर्छ, त्यसै मध्येको एकको जानवर जुन यहाँ युवाहरुले सडकमा रहेका कुकुरलाई खाना खुवाउनु हो । समाजसेवीको रुपमा अगाडी बढदै गरेको सुधिर श्रीवास्तव उर्फ छोटु, पत्रकार अभिमन्यु पटेल, सुनिल सिंहा, ओमसर्वत्म पुडासैनी, रंजन जयसवाल, सुसिल श्रीवास्तव र सोनु साहलगायतले गरेका कार्य सृष्टीको रक्षम अनुकुल बनाउनमा थोरै भएपनि सहयोग भएको देखिन्छ ।
यस्ता क्रृयाकलापले आफुलाई श्री ५ भन्दा ठुला ठानेका सरखारहरुले पनि मानवता बुझनु पर्छ की ? कुकुरलाई खाना खुवाउनु र सरखारहरुले अभिभार थामेका जनतालाई खोकै सुत्न बाध्य बनाउनु के यहीको जनता तन्त्र ?
कुकुरलाई खुवाउदै युवा, सरखारको बजेट मौजमस्तिमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।