काठमान्डु ।। समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।
एकीकृत पार्टीले बिहीबार बिहान निर्वाचन आयोगमा पुगेर दर्ताका लागि निवेदन दिएको हो ।
निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । तत्कालीन राजपा र समाजवादीका नेताहरु शरदसिंह भण्डारी र उपेन्द्र यादवले हस्ताक्षर गरेको पार्टी एकताको निर्णयको पत्र पनि आयोगमा बुझाएका छन् । बाँकी कागजपत्र पछि बुझाउने गरी निवेदन दर्ता गरेको नेता राजेन्द्र महतोले जानकारी दिए ।
निवेदनका आधारमा निर्वाचन आयोगले कागजात अध्ययन गरी पछि आवश्यक निर्णय गर्नेछ ।
समाजवादीका केही सांसदले पार्टी फुटाउने तयारी गरेपछि त्यसलाई रोक्न दुई दलले एकताको घोषणा गरेको भोलिपल्ट बिहीबार उनीहरु अयोग पुगेका हुन् । दल दर्ताका लागि राजेन्द्र महतो,उपेन्द्र यादव, महन्थ ठाकुरलगायत निर्वाचन आयोग पुगेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here