लहान ।। सिरहाको कर्जन्हा नगरपालिका -३ जनक चौक बाट प्रहरीले लागु औषध सहित एक जना लाई पक्राउ गरेको छ। पक्राउ पर्ने धनुषा गणेशमान चारनाथ नगरपालिका -५ टडिया का ३४ बर्शिय तिर्थ बहादुर कार्की छन्। ईलाका प्रहरी कार्यालय बन्दिपुर सिरहा बाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका-३ जनक चौक स्थित चेक जाँच गर्ने क्रममा स १० प ३४०२ नम्बरको मोटरसाइकल मा आउदै गरेको धनुषा गणेशमान चारनाथ नगरपालिका -५ टडिया का ३४ बर्शिय तिर्थ बहादुर कार्कीले मोटरसाइकलको सिट मुनि र शरीरमा लुकाई छिपाई राखेको डाईलेक्स डिसी 100 ML – ५ बोतल, नाईट्रोभेट- ट्याब्लेट २२ट्याब्लेट र स्पास्मो – १५ट्याब्लेट लागु औषध सहित पक्राउ गरेको हो। पक्राउ परेका कार्की लाई ईलाका प्रहरी कार्यलय मिर्चैया सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाले बताएका छ्न।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here