रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले, नगर विकासमा हाम्रो पहिलो प्राथमिक्ता शिक्षा भएकोले नगर क्षेत्रको शैक्षिक स्तर सुधार गर्न जुनसुकै वेला तयार रहेको बताएका छन ।
गौर नगरपालिका वार्ड नं. ७ मा रहेको श्री सरस्वती माध्यमीक विद्यालयको ४ कोठे नवनिर्मीत भवनको उदघाटन गर्दै मेयर गुप्ताले, आफु र नगरपालिकाको निर्वाचीत जनप्रतिनिधि तथा कर्मचारीहरु नगर क्षेत्रको शिक्षाको विकासमा सहयोग गर्ने तत्पर रहेकोले यसमा सवैको सहयोग आवश्य रहेको बताए ।
१ वर्ष भित्रमा ६० लाखको लागतमा निर्मान सम्पन्न भएको ४ कोठे विद्यालयको भवन उदघाटन गर्दै मेयर गुप्ताले, यही वर्ष थप ४ कोठा विद्यालयको भवन र ७ नं. वार्डमा स्वास्थ्य चौकीको स्थापना गर्नेे प्रतिवद्धता जनउदै, नगरको पिछडिएको यस वाडालाई विकसीत वाडाको रुपमा देख्न चाहेकोले हामी आफ्नो तर्फबाट कुनै कसर बाकीँ नराख्ने प्रतिवद्धता जनाउदै, त्यस्ता विकास कार्यमा वाडा वासीको पनि सहयोग आवश्यक रहेको बताए ।
शिक्षा विना मानव मानव हुने भएकोले शिक्षा मानवको नभै नहुने भएकोले यस प्रति सवैले अग्रसरता देखाउनु पर्ने समेत मेयर गुप्ताले आग्रह गरे ।
त्यस्तै कार्यक्रममा गौर नगरपालिका उपप्रमुख किरण ठाकुरले, विद्यालय संचालन अतिराम्रो संग गरि रहेको विद्यालयका प्रअ सहितका शिक्षकहरु धन्यावाद दिदै, अगामी दिनहरुमा पनि विद्यालय सुधार तथा वार्ड नं. ७ लाई पुर्ण शिक्षीत वार्ड बनाउनमा सहयोग गरि रहने बताए ।
कार्यक्रमको सम्वोधन गर्दै, गौर अस्पताल विकास समितिका अध्यक्ष एवं गौर नपा. वार्ड नं. ६का वडा अध्यक्ष शेष जम्सैदले, हामी यस वार्डको विकासका लागि हरेक समय चिन्तीत रहेकोले यसको शिक्षा सहितको पुर्ण विकासको लागि हाम्रा सम्पूर्ण टिम लागि परेको हुनाले वाडा वासीले पनि सहयोग गर्नु पर्ने बताए । एक छाक नखाए पनि बाच्न सक्छै तर अवको युगमा शिक्षा नभएका बाच्न कठीन हुने भएकोले सवैले शिक्षा प्रति अग्रसर हुनु पर्ने अध्यक्ष जम्सैदले आग्रह गरे ।
कार्यक्रममा सहयोग हातहरुलाइ सम्मान गरेको थिए । त्यस्तै विद्यालयका अवकास प्राप्त शिक्षक गोपाल राउतलाइै नगर प्रमुख गुप्ताले विदाई गरे ।
कार्यक्रम वाडा अध्यक्ष मजहर खाँको अध्यक्षतामा भएको थियो भन्ने कार्यक्रमा गौर नगरपालिकाका प्रमुख प्रशासीकिय अधिकृत सुमन कुमार कार्की, पुर्व उपप्रमुख शेष इसराइल, गौर नगरपालिकाका वडा अध्यक्ष राजेश सिंह, विद्यार्थी नेता ओमप्रकाश साह, योजना प्रमुख जितेन्द्र भारती, संचारकर्मी लगायत सर्वसाधारणहरु उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
Loading...