काठमाडौं ।। नागरिक उड्ययन प्राधिकरणले मुलुकभरका विमानस्थलको क्षेत्रमा दुई वर्ष यता गरेका काम, विमानस्थलको अवस्था र आगामी पाँच वर्षमा गर्ने कार्ययोजना सार्वजनिक गरेको छ । हिजो आफ्नै कार्यालयमा सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको विशेष उपस्थितिमा प्राधिकरणले योजना सार्वजनिक गरेको हो । देशमा हाल अन्तराष्ट्रिय, घरेलु र हब बिमानस्थल गरि एक पटक जहाज अवतरण गरिसकेका ५४ वटा विमानस्थल छन् । जसमध्ये ३२ विमानस्थल सञ्चालनमा छन् भने २२ वटा बन्द छन् । बन्द भएका विमानस्थल सञ्चालनका लागि सरकारले तयारी गरिरहेको नागरिक उड्ययन प्राधिकरणको सिभिल इञ्जिनियरिङ विभागका निर्देशक प्रदिप अधिकारीले बताउनुभयो । प्राधिकरणका अनुसार, अर्घाभगवती विमानस्थल अर्घाखाँची र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनिरहेका छन् । साथै, सरकारले १३ वटा विमानस्थल निर्माणका लागि प्रस्ताव गरेको छ । गएको दुई वर्षमा आठ वटा बिमानस्थलमा रनवे निर्माणको काम सम्पन्न गरेको प्राधिकरणले थप आठ वटा विमानस्थलमा रनवे निर्माणको काम गरिरहेको छ । आगामी पाँच वर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरि सञ्चालनमा ल्याउने सरकारको लक्ष्य छ । साथै पाँच वर्षभित्रै देशका ५४ वटै विमानस्थल पनि सञ्चालनमा आउने सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले बताउनुभयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित तराई क्षेत्रका आठ वटा विमानस्थलमा रात्रिकालिन सेवा छ । प्राधिकरणले दुई वर्षमा अन्तर्राष्ट्रिय विमानस्थल तर्फ ८३ अर्ब र घरेलु विमानस्थल तर्फ ६ अर्ब पुर्वाधार निर्माणमा खर्च गरेको गरेको छ । बाँकी विमानस्थलको निर्माण तथा सुधारका लागि सरकारलाई दुई खर्ब ५० अर्ब बजेट आवश्यक रहेको प्राधिकरणले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here