बझाङ ।। जयपृथ्वी बहुमुखि क्याम्पस भोपुरका विद्यार्थीले शुल्क घटाउन भन्दै क्याम्पसका प्राध्यापकलाई ज्ञापनपत्र बुझाएका छन् । सुदुरपश्चिम विश्वविद्यालयको मातहतमा सञ्चालनमा रहेको क्याम्पसमा अन्य जिल्लाका क्याम्पसहरु भन्दा दोब्बर शुल्क लिएको भन्दै विद्यार्थीहरुले ज्ञापनपत्र बुझाएका हुन् । तेस्रो सेमस्टारमा अध्यनरत विद्यार्थी नरेस रोकायाले सुदुरपश्चिम विश्वविद्यालयको नियमभन्दा बाहिर शुल्क लिएको बताउनुभयो । सरकारी क्याम्पस भनेर हल्ला फैलाउँदै शुल्क निजी क्याम्पसको भन्दा बढी लिएको विद्यार्थीहरुको गुनासो छ । त्रिभुवन विश्वविद्यालयको मातहतमा हँुदा १० हजार ५ सय शुल्क रहेको क्याम्पसमा अहिले १५ हजार ६ सय रुपैयाँ शुल्क लिने गरिएको छ । अतिरिक्त शुल्क नघटाउँदासम्म भर्ना र परिक्षा फारम नभर्ने विद्यार्थीहरुको अडान छ । क्याम्पस प्राध्यापक महोनराज उपाध्यायले १० जना शिक्षकको कोटा सरकारले नै निर्धारण गरेर तलव खुवाएको र ८ जना निजी शिक्षकलाई विद्यार्थीबाट लिइएको शुल्कबाट तलब खुवाउने गरेको बताउनुभयो ।
प्राध्यापकलाई विद्यार्थीको ज्ञापन पत्र
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।