File Photo

रौतहट ।। विभिन्न प्रभोलनमा पारेर सर्व साधारणहरु संग भएभरको सम्पत्ति कुम्ल्याएर सुकुमवासी बनाएको आरोपमा एक महिला सहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
माधवनारायण नपा घर भएका हाल गरुडा नगरपालिकामा आइटी अफिसरको रुपमा कार्यरत भुपनारायण यादव र चन्द्रपुर नगरपालिका ६ बस्ने चिना कोइराला श्रेष्ठ विरुद्ध पडितहरुले जिल्ला प्रहरी कार्यालयमा दिएकोे लिखित उजुरीका आधारमा रौतहट प्रहरीले दुबै जनालाई मंगलवार समातेर मुलुकी अपराध संहिता महलको ठगी मुद्दा अन्तर्गतको मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान कार्य सुरु गरेको हो ।
समाजवादी पार्टीका राष्ट्रिय परिषद सदस्य एवं गरुडा नगरपालिकाको गेठहीगुठी घर भएका जयनाथ यादवले प्रदेशको मुख्य मन्त्री देखि लिएर अन्य मन्त्रीहरुको मेरो सम्बन्ध खास रहेको हुँदा तिम्रो छोरालाई अष्ट्रेलिया पठाइ दिन्छु भनेर गरुडा नपा ८ विर्ताका शेख कादिर संग डेढ करोडको जग्गा भुपनारायणको नाममा पास गरको डेढ बर्ष वितिसक्दा पनि न छोरा अष्ट्रेलिया गयो नत जग्गा नै फिर्ता भयो ।
समाजवादी नेता यादवले कादिरलाई १० लाख रुपैया अष्ट्रेलिया जान लाग्छ रकमको बन्दोबस्त मिलाउ पछि सब ठिक भईहाल्छ भन्दा आफू संग नगद नहुँदा हाइवे छेउकै ३ कत्ठा जग्गा छ त्यसैलाई बन्धकी राखेर महाजनबाट ऋण लिनु पर्ला पिडित कादिरले भने ।
यसैविच नेता यादव र गरुडा नपामा कार्यरत आईटी अफिसर भुपनारायणको आन्तरिक सेटिंगमा १० लाख रुपैयामा २०७५ साल भदौ २१ गते जग्गा पस गरेको बताउदै कादिरले मालपोतमा रकम खोई सोध्दा तिम्रो खातामा पठाइदिन्छु अनी अष्ट्रेलिया पठाउन त्यती लाग्ने भनेर नेताजी संग सम्पर्क राख भुपनारायणले भने तर डेढ बर्ष वितिसक्यो छोरा अष्ट्रेलिया त परै जाओस, जग्गा पनि भुपनारायणले २०७५ पुस ५ गते गमहरीया गश्रडडा नपा २ का सजिदा बेगम प्रविणलाई बेचिदिएपछि आफू ठूलो ठगिमा परेको आभाष हुँदा पिडकहरु विरुद्ध कडा कारवाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको बताए ।
समाजवादी नेता यादवले पार्टीका अध्यक्ष उपेज्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, राज्यमन्त्री योगेन्द्र राय यादव संग आफनो राम्रो संबन्ध रहेको बताउदै शेख कादिरको छोरालाई अध्ययनको लागि अष्ट्रलिया पठाई दिन्छु भने डेढ करोड पर्ने जग्गा झुक्याएर कुम्ल्याएका थिए । सामान्य हैसियतका मानिस कादिरले छोरा विदेश गएर पढेमा ठुलो आम्दानी हुने सपना बोकेका उनको सपना ठगको चंगुलमा परेर तुहिएको यसरी आफनो दुखेसो सुनाए ।
यसैगरी रौतहटको चन्द्रपुर नपा ६ बस्ने बर्ष ४० की चिना कोइराला श्रेष्ठ सहित ८ जना विरुद्ध चन्द्रपुर नपाकै हरिमाया बस्नेत, सिता कुश्वार, गिताकुमारी राई, डिल्लीकुमारी कार्की, बोधकुमारी गिरी, मुक्ति नारायण चौेधरी, दुर्गा चौधरी र विष्णु परिययारले जिल्ला प्रहरी कार्यालय गौरमा कराडौैंको रकम ठगि गरेको भन्दै संयुक्त रुपमा किटानी जाहेरी दिएको आधारमा प्र्हरीले चिनालाई हिजो साँझ नियन्त्रणमा लिएको तथा अन्य आरोतिहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविन कार्कीले जानकारी दिए ।
आरोपित चिना सहितका उनकै नातेदारहरु गाउँघरमा लिखत कागज गराएर मिटर व्याजीमा रकम लगाएको केही साँवा चुक्ता गरेपनि प्रत्येक तिन महिनामा व्याजलाई साँबा बनाई सर्वसाधारण जनताहरुलाई लुट्दै आएको, लिखत कागजको आधारमा सर्वसाधारण विरुद्ध अदालतमा मुद्दा हालेर भएभरको घडेरी विक्री गराई सुकुमवासी बनाएको पिडितहरु बाध्य भएर आवश्यक कारवाही गर्न किटानी जाहेरी दिएपछि दुबै जना पिडकलाई समातेर मुलकी अपराध संहिता महल अन्तगर्त ठगी मुद्दामा कारवाही सुरु गरिएको तथा समाजवादी नेता यादव र चन्द्रपुरका अन्य आरोपितहरुलाई चाँडै नियन्त्रणमा लिइ पिडितहरुलाई यथोचित न्याय दिलाउने कार्यमा प्रहरी सक्रिय रहेको उनले स्पष्ट पारे । श्राेत मध्य तराइ दैनिक

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here