रौतहट ।। नेपाल शिक्षक सघ केन्द्रिय कार्यालय महिला शाखाको आयोजनामा एक दिने महिला नेतृत्व क्षमता विकास तथा शसक्तिकरण र प्रबोधिकरण तालिम जनज्योति मा बि को सभा हलमा बुुधवार सम्पन्न भएको छ ।
नेपाल शिक्षक सघ रौतहटका महिला उपाध्यक्ष मीना यादवको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल शिक्षक सघका केन्द्रीय महासचिव सोमनाथ गिरि प्रमुख अतिथीको रुपमा कार्यक्रममा शिक्षकका हकहित र शिक्षकहरका बिबिध समस्याको बारेमा बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल शिक्षक सघका प्रदेश २ का अध्यक्ष मेघनाथ यादव, केन्द्रीय उप महा सचिव परशुराम यादव, नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष योगेन्द्र प्रसाद यादव, प्रदेशका वरिष्ठ उपाध्यक्ष राममंगल यादव, सघको रौतहट अध्यक्ष रामकृपाल यादव, नेपाल शिक्षक सघका धनुषाका सचिव सुरेश कुमार यादव, जनज्योतिका प्रअ शंकर भट्टराई र प्रशिक्षक कामना ठाकुर लगायत सयौका संख्यामा शिक्षकहरुको उपस्थिति रहेको थियो । महिला शिक्षकहरुलाई लच्छित गरी आयोजना गरिएको उक्त कार्यक्रममा कामना ठाकुरले प्रशिक्षण दिनुभएको थियो ।