File Photo

रौतहट ।। रौतहटकाे गौर नगरपालिका वार्ड नंबर २ घर भई लौकाहा रेन्ज पोस्ट दुधिअवामा कार्यरत बन रक्षक सरोज कुमार झाको मृत भेटीएकाे छ ।
बिगत ८ वर्षदेखि दुधिअवामा कार्यरत झा गए राती अत्याधिक मदिरा सेवन गरी फतुवा बिजयपुर न पा स्थित श्री माध्यमिक बिध्यालय छेउमा रहेको गाउदेखि पूर्व रहेको पोखरिमा सुत्न गएको र राती १ बजे सम्म घरमा श्रीमती र छोरा सग फोनमा कुरा गरेर सुतेका थिए ।
बिहान ६ बजे नै उठने गरेका झा ढि़लो सम्म नऊठे पछि संगै अर्को कोठा सुतेका राजीव थपलियाले गएर उठाउन खोज्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी दुधिअवाका प्रहरी, ईप्रका बिजयपुरको प्रहरी टोली घटनास्थल पुगेर परिवारलाइ खबर गरेपछि मृतकका छोरासहित आफन्त आएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर लागिएको बिजयपुरका प्रहरी निरिक्षक चन्द्रकिशोर साहले बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here