राजेन्द्र महतो

लहान ।। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विनोद साह विरुद्धसमेत तीन जनालाई मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ आयोगको टोलीले साहलाई तीन लाख घुससहित केही दिन पहिले पक्राउ गरेको थियो । सेवाग्राहीले गरेको सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा साहले घुस माग गरेको आयोगले बताएका छन। त्यसै गरी ,सडक डिभिजन कार्यालय लहान, सिरहाका इञ्जिनियर नवीनकुमार साह र सवइञ्जिनियर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उनीहरुले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहानामा १५ लाख ९६ हजार रूपैयाँ घुस लिएका थिए । आयोगको बर्दिवासबाट गएको टोलीले उनीहरुलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । आयोगले घुसवापत लिएको रकम बराबरको बिगो असुल गरी कैद सजायको माग गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here