सागर संगम, रौतहट ।। रौतहट जिल्लाको मध्य भागमा अवस्थी धार्मिक एवम पर्यटकिय स्थल शिवनगरमा आउदै गरेको श्री पंचमीको शुभ अवसरमा व्यपारी बुधीजिवी भद्रभलादमी युवाहरुको बैठक बसी कैलाशपुरी टोल बिकाश तथा सुधार समिती गठन गरिएको छ।
नव गठित समितीको अध्यक्षमा अनिल यादव सदस्यमा लालबाबु चौधरी,जितेन्द्र यादव,ओमप्रकाश सिहं,श्यामबाबु साह,उमाशंकर जयसवाल, हिरालाल साह, लगाएतका ब्यक्तीहरु रहेका छन। हरेक वर्षको माघ महिनामा लागने श्रीपंचमी मेलाको मध्यनजर गर्दै आज बिहिबारका दिन नव गठित समितीले शिवनगरमा भेला मार्फ मेला लागने शिवनगर ठाउलाई सरसफाई गरि मुख्य चौक देखी चारैतिर र मन्दीरमा पनि दिपावली जस्तै झिलीमिली बत्ती लगाएर मेलाको मुल आकर्षकको रुपमा अगाडी बढाउनको लागि र मेलालाई सभ्य र भब्य बनायनको लागि सबै संग समितीले अनुरोध गरेका छन ।
सोही कायक्रममा गठित समिती र उपस्थी भएका ब्यक्तीहरुले शिवनगर मन्दिरको आसपास रहेको घरहरुको एउटा टोलका नामले पनि नमाकरण गरिएको छ। जुन टोलको नाम कैलाशपुरी सर्वसहमते राखिएको हाम्रा सहकर्मी करण कुमार मिश्रले जानकारी दिनु भयो।