राजेन्द्र महतो
लहान ।। जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादव लाई बिहीबार ४ हजार घूससहितअख्तियार को टोलीले पक्राउ गरेका छन् । मुद्दा मिलाइदिने नाममा एक सेवाग्राहीसँग ४ हजार घूस लिदैं गर्दा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । गोप्य सुचनाको आधारमामुद्दा फाँटमै सेवाग्राहीसँग घूस लिइरहेका यादवलाई अख्तियारको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको अख्तियारले बताएका छन।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।