रौतहट ।। गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले, गौरमा प्रभा सिंह गर्भ गर्नु पर्ने काम गरेको भन्दै प्रशंसा गर्नु भएको छ ।
नेपाल भारत मैत्री विरंगना फाउन्डेशनद्वारा रौतहटको गौरमा संचालित नेपाल भारत मैत्री अनाथ आश्रममा भएकोका बालबालीकाहरुलाई राष्ट्रिय बाणिज्य बैँक गौरको उपहार वितरण कार्यक्रममा प्रमखु अतिथिको रुपमा सम्बोधन गर्दैै मेयर गुप्ताले, यहाँ त आफ्नो बालबच्चालाई पालन पोषण गर्ने गाह्रो हुने अवस्थामा, अरुको बालबालिका पालन पोषण गर्नु ठुलो साहस र आट भए मात्र गर्न सकिने भएकोले त्यस कार्यलाई आश्रमका अध्यक्ष प्रभा सिंहले गरि रहदाँ मलाई अत्यन्त खुशि लागेको बताए ।

नेपाल भारत मैत्री विरांगनाका संस्थापक प्रभा सिहको साहसिक कदमको सराहना गर्दै उक्त फाउण्डेशनलाई विभिन्न क्षेत्रको साथै गौर नगरपालिकाबाट सहयोग गरी अनाथालयलाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मेयर गुप्ताले, गौरमा सरकारी स्वामीत्वमा रहेको संस्थाहरुले पहिलो पटक समाजिक सेवामा वार्षीक उत्सवमा अनाथा आश्रमका अनाथहरुलाई उपहार वितरण गर्नु सराहनीय कार्य भएको बताउदै, बाणिज्य बैँक परिवारवालाई धन्यावाद समेत गरेका थिए ।
गौर ५ स्थित रहेका अनाथ आश्रममा बाणिज्य बैँक गौर शाखाले आफ्नो ५५ औँ वार्षीक उत्सवको अवरमा उपहार वितरण गरेका छन् । वितरण कार्यक्रम बैँकका शाखा प्रमुख समित कुमार ठाकुरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महाँसंघका अध्यक्ष रविन्द्र साह, राजिनैतीक विशलेषक चिरंजिवी सिंह, बाणिज्य बैँकका कर्मचारी, पत्रकार, समाजिक अभियानताहरुको उपस्थित रहेको थियो । हाल अनाथ आश्रममा १० जना अनाथ बालबालिकाहरु रहेका आश्रमका अध्यक्ष सिंहले जानकारी गराएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here