काठमाडाैं ।। प्रतिनिधिसभा सभामुखका लागि आजबाट प्रक्रिया सुरु हुँदैछ । आज प्रतिनिधिसभामा सभामुखका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु गर्नेछ । निर्धारित समयभित्र दर्ता भएको उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार आज साढे दुई बजे भित्र सूची प्रकाशन गरिनेछ । माघ १२ गते हुने सभामुख निर्वाचनका लागि प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस भनि प्रस्तावक सदस्यले प्रस्ताव गर्नुपर्ने छ । यसअघि हिजो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिएपनि संसद सुचारु भएको हो । उहाँले ज्येष्ठ सदस्यका रुपमा सांसद महन्थ ठाकुरलाई राजनीनामा पत्र बुझाउनुभएको थियो । त्यसपछि उहाँले महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिँदै अर्को बैठक माघ १२ गते दिउँसो तीन बजेका लागि आह्वान गर्नुभयो ।
सभामुख लागि आजबाट प्रक्रिया सुरु हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।