काठमाडौं ।। बलिउड अभिनेत्री मल्लिका सेरावत नेपाल आइपुगेकी हुन् । उनी नेपाल आएकी जानकारी आफनै ट्वीटर अकाउन्टमार्फत जानकारी गराएकाी हुन् । सेरावतले नयाँ वर्ष २०२० लाई नेपालमै रहेर स्वागत गर्नेछिन् ।
उनले सामाजिक सञ्जाल ट्वीटर मा आफुलाई भगवान बुद्धको जन्मस्थान मन परेको र आफु उक्त स्थानको भ्रमण गर्न आतुर रहेको बताएकी छिन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी सेरावत आइतबार नै लुम्बिनीस्थित टाइगर प्यालेस रिसोर्ट भैरहवा पुगेकी छन्।
रिसोर्टले सेरावतलाई स्वागत गरेका केही तस्बिरपनि सामाजिक सञ्जालमा अपलोड गरेको छ। जसबाट पुष्टि हुन्छ कि सेरावतले नयाँ वर्षको उल्लासमय समय बुद्धको जन्मस्थल लुम्बिनीमा बिताउने छिन्।
थुप्रै हिन्दी, अंग्रेजी तथा चाइनिज फिल्ममा अभिनय गरेकी सेरावतले मनोरञ्जनको दुनिँयामा ‘हट एण्ड सेक्सी’ नायिकाको रूपमा छबि बनाएकी छन्। मल्लिका सेरावत बलिउडकी एक सफल अभिनेत्री हुन् ।
नयाँ बर्ष मनाउन मल्लिका सेरावत नेपालमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।