राजेन्द्र महतो , लहान ।। सिरहाको बरियारपट्टी गाउँपालिका (–३ चमारटोल स्थित सशस्त्र प्रहरीले भारीमात्रामा लागू औषध सहित एक युवकलाई पक्राउ गरेका छन्। सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीबाट खटिएको प्रहरी टोलिले बरियारपट्टी गाउँपालिका (–३ चमारटोल स्थित चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ स १०प. ७१५३ नम्बरको बजाज १५० सिसिको पल्सर मोटरसाइकलमा लागुऔषध लिई आउदै गरेको सिरहाको लहान नगरपालिका–११ को २६ वर्षीय उदय नारायण चौधरीको साथबाट नोफिन-२५२ पिस,डाइजाल्याव-२५५ पिस र फेनारगन-२५४ पिस लागुऔषध सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हे।क्वा। सिरहा का सूचना अधिकारी तथा डिएसपी प्रेम रावल ले बताएका छन। पक्राउ परेका चौधरीलाई लागु औषध र मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय बरियारपट्टीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण रहेका सिरहाका सूचना अधिकारी तथा डिएसपी प्रेम रावलले बताएका छन् । उक्त घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
सशस्त्र प्रहरीद्वारा भारीमात्रामा लागु औषध सहित एक युवक पक्राउ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।