रौतहट ।। नेकपा संग आवद्ध रहेका अखिल नेपाल चलचित्रकर्मी संघ प्रदेश नं. २ का अध्यक्ष विजय यादव निर्बिजले फतुवा विजयपुर नगरपालिकाले शुक्रवार सम्पन्न गरेको तेश्रो नगरसभाको विरोध गरेका छन् ।
नगरलाई बन्धक बनाउदै स्वार्थपूर्ण फतुवा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल यादले बहुतम कार्यपालिका सदस्यहरुको विरोधको बाबजुद गरेको नगरसभा अवैधानीक भएको भन्दै अध्यक्ष यादवले विरोध गरेको हो ।
दुई बर्षदेखि नगरप्रमुख गोपाल यादव नगरलाई बन्धक बनाइरहेको, अध्यक्ष यादवले आरोप लगाउदै त्यस्ता कार्य तत्काल बन्द गरि नगरलाई समृद्ध नगरपालिका बनाउनमा सबको साथ लिएर अगड़ी बढ़न अनुरोध समेत गरेका छन ।
नगरप्रमुखले गत वर्षको लेखा जोखा नगरी करोड़ो भ्रष्टाचार गरेको समेत अध्यक्ष यादवले आरोप लगाएका छन् । अध्यक्ष यादवले सनिवारै नगरसभाको समाजीक संजाल फेसबुक मार्फत विरोध जताएका थिए ।
बिधिको शासनलाई ख्यालै नगरी फतुवा विजयपुर नगरपालिकाको तेस्रो नगरसभाको नौटंकी मंचन भएका, बहुमत लाई नजरअंदाज गरी बाहिर बाट मान्छे बोलाई नगर सभाको नाटक मंचन गरेको, बहुमत कार्यपालिकाको सदस्यको बिरोध हुदा हुदै आफनो निहित स्वार्थको लगी केहि सिमित व्यक्तिको स्वार्थपूर्ण पुर्तिकोलागी गरिएको नगर सभालाई सवैले बहिस्कार गरौ भन्दै अध्यक्ष यादवले आक्रोस पोखेका हुन् ।
फतुवा विजयपुरको तेश्रो नगरसभामा २१ सदस्यी कार्यपालिका सदस्य मध्ये उप प्रमुख कान्ती देवी महतो सहित १२ जना सदस्य बहिस्कार गरेका छन् । कार्यपालिका सदस्यहरुको असहमतिमा भएको नगरसभाको सवैले विरोध गरेको छन् ।

नगरसभालाई बहिस्कार गर्नेमा वार्ड १ का वाडा अध्यक्ष संजय साह, वार्ड ३ का वाडा दीपनारायण साह, वार्ड नं. ४ का वाडा ब्रहमा नरायण यादव, वार्ड नं. ६ का वाडा हीरालाल यादव, वार्ड नं. ७ का वाडा सुर्य नरायण चौधरी, वार्ड नं. १० का वाडा योगेन्द्र चौधरी, कार्यपालिका सदस्य संजु देवी, जिरणी देवी, लालबाबु निधि, लक्ष्मण साह, फूलकुमारी देवी, शशिकांत साह लगायतका रहेको छन् ।
यता नगर प्रमुख गोपाल यादवले, बिधि संगत बहुतम सदस्यहरुको सहभागितामा सनिवार नगर सभा सम्पन्न गरिएका, केही असंतुष्ट रहेका सदस्यहरुलाई अगामी दिनमा सहमतिमा लयाएर अगाडी बढने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here