राैतहट ।। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाको तेस्रो नगर सभा सम्पन्न भएको छ। फतुवा बिजयपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय परिसरमा आयोजित कार्यक्रमबाट तेस्रो नगर सभा सम्पन्न भएको थियो।
स्थानीय तह सञ्चालन समन्विध केही नगर सभाबाट पारित भएको छ। नगर प्रमुख गोपाल प्रसाद यादवको सभापतित्व आयोजित कार्यक्रममा २ तिहाइ बहुमतले नगर सभा पारित भएको छ। कार्यक्रमको शुभकामना मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह लगायतका माओवादीबाट नगर प्रमुख प्रत्याशि सुरेन्द्र राय यादव, राजपा नेपालबाट नगर प्रमुख प्रत्याशि अमृत चौधरी, शिक्षा शाखा प्रमुख बुनिलाल प्रसाद यादव, शिक्षक सुदामा यादव, समाजसेवी पप्पु यादव, लगायतका नगर बिकासमा फर्को मार्न र शिक्षा क्षेत्रमा बिकास गर्न ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख आफ्नो नगरका विकासका एजेण्डा सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । सो नगरपालिकाले आफ्नो भवन निर्माणको लागि १ करोड ७५ लाख रूपैयाँ छुटयाएको छ । नगरपालिकाले आ.व.२०७६/०७७ को कुल व्यय करिव ५० करोड ४१ लाख ७० हजार ३ सय २३ रुपैया बराबरको बजेट गरिएको साथै नीति तथा कार्यक्रम र बजेट बक्तवय राख्दै नगर प्रमुख गोपाल प्रसाद यादवले समापन गर्नुभएको थियो।