रौतहट ।। मकवानपुरको सिस्नेरीमा टाटा सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । रौतहट जिल्लको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँद गरेको ना १ ज ३४३१ नम्बरको टाटासुमो शिखरापुरमा दुर्घटना भएको इलाका प्रहरीक कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने अधिकांश चन्द्रपुर नगरपालिका रहेका छन्। दुर्घटनाको बारेमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले जानकारी दिए। सुमो गाडीमा चालकसहित ९ जना सवार रहेका थिए। घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।