काठमाडाैं ।। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्यौलमा परेको छ । सर्वोच्चले हिजो विमानस्थलका लागि रुख कटान गर्ने निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएसँगै विमानस्थल निर्माण अन्यौलमा परेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री नियुक्त भएलगत्तै योगेश भट्टराईले मंसिरभित्रै विमान स्थलको शिलान्यास गर्ने घोषणा गर्नुभएको थियो । पुस लागिसक्दा पनि शिलान्यास विमान स्थालको शिलान्यास हुन सकेको छैन । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया थप अन्यौलमा परेको छ । अघिल्लो वर्ष पनि पर्यटन मन्त्रालयले रुख कटानका लागि वन मन्त्रालयलाई पत्राचार गर्दा ठूलो विवाद भएको थियो । ठूलो संख्यामा रुख काट्न लागिएको भन्दै वातावरणविद्हरुले विरोध गरेका थिए । यही विषयलाई लिएर सर्वोच्चमा दुईवटा रिट दायर भएको छ । जसमध्ये पूर्वप्रशासक द्वारिकानाथ ढुंगेल लगायतले दायर गरेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले अन्तरिम आदेश दिएको छ । सर्वोच्चले निजगढ विमानस्थलका लागि रुख कटानमात्र रोकेको हो । यसले सरकारलाई उक्त विमानस्थल सम्बन्धी नीतिगत काम गर्न र लगानी जुटाउने लगायतका काम गर्न भने अवरोध नहुने कानुनका जानकारहरु बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here