काठमाडाैं ।। ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता मार्फत सो कुरा बनेको बताईएको छ । टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्याट्रिक प्रतिद्वन्द्वी जो बाइडेन विरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा त्यसले देखाएको अधिकारीहरुले बताएका छन् । त्यो महत्वपूर्ण टेलिफोन कुराकानी शक्तिको दुरुपयोगमा एउटा मुख्य हिस्साको रूपमा रहेको र जसमाथि टेकेर ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग लगाईएको थियो । गत बुधवार हाउस अफ रेप्रेजेन्टेटिभ्सले औपचारिक रूपमा ट्रम्पविरुद्ध महाभियोग लगाएको हो । तर, माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण रहेकोले ट्रम्प पदबाट हट्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here