काठमाडाैं ।। माघ नौ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ११ वटा दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । दल दर्ताका लागि तोकिएको अन्तिम दिन हिजो सम्म नेपाल कम्युनिस्ट पार्टी सहित ११ दल दर्ता भएको आयोगले जनाएको हो । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी नेकपा, इतिहासिक प्रजातान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, समाजवादी पार्टी, राट्रिय जनता पार्टी नेपाल, नेपाली काँग्रेस, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त दल दर्ता भएका आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।