काठमाडाैं ।। महाधिवेशनको तालिका बनाउने विषयमा विवाद हुँदा नेपाली काँग्रेसमा बैठक बस्ने समेत सहमति हुन सकेको छैन । रामचन्द्र पौडेल समूहले काँग्रेसको १४ औं महाधिवेशन मंसिर ५ मा गर्ने प्रस्ताव राखेको छ । संस्थापनसँग भएको वार्तामा पौडेल समूहले २०७७ मंसिरकोे ५, ६, ७ र ८ मा गर्ने प्रस्ताव राखेको हो । तर यसमा सहमति जुटेको छैन । संस्थापना पक्षले भने फागुनको कार्यतालिका बनाएपछि फरक नपर्ने जवाफ दिएको छ । यद्यपि फागुनभित्र महाधिवेशन गर्ने गरी कार्यतालिका बनाउन सभापति शेरबहादुर देउवा समूह सहमत हुनुलाई पौडेल समूहले सकारात्मक भनेको छ । काँग्रेसको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल यही फागुनमा सकिँदैछ । तर, तत्काल महाधिवेशन गर्ने अवस्था नभएकाले म्याद थप गर्ने तयारी भइरहेको छ । पौडेल समूह नेविसंघको नेतृत्व छाड्न पनि तयार देखिएको छ । नेविसंघ र तरुण दलमध्ये एकको नेतृत्व आफूले पाउनुपर्ने माग राख्दै आएको पौडेल समूहले नेविसंघको महामन्त्री पद पाए चित्त बुझाउन तयार भएको छ । आज विवाद समाधान गर्न दुई पक्षका वार्ता टोलीबीच फेरि छलफल गर्ने नेताहरुले बताएका छन् । पुस १० गते बस्ने केन्द्रीय समिति बैठकमा सबै विषयमा छलफल हुनेछ ।
विवाद हुँदा नेपाली काँग्रेसमा बैठक नै रोकियो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।